Logo

भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप



भारत, २७ मंसिर । भारतको अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ ।

सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपमा केही भारतीय सैनिक घाइते भएको समाचार भारतीय पत्रिका ट्रिब्युन इन्डियाले जनाएको छ । ट्रिब्युनले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गरेर उल्लेख गरे अनुसार भारतको भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि झडप भएको थियो । केही सैनिक घाइते भएपछि दुवै पक्षका ड्युटी कमाण्डरले वार्ता गरेर समस्या समाधानको पहल गरेका थिए ।

भारतीय पक्षले केही चिनियाँ सैनिक पनि घाइते भएको दाबी गरे पनि चीनले पुष्टि गरेको छैन । भारत र चीनबीच सीमा क्षेत्रमा पटक पटक झडप र लडाइँ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्