भारत, २१ कात्तिक । भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन् ।
‘भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।







