Logo

भारत भ्रमणबारे सकी नसकी विराेध गर्नु उचित हाेइन: प्रचण्ड



काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे सकी नसकी विरोध गर्नु उचित नभएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकि नसकि विरोध गर्ने तरिका उचित नभएको बताएका हुन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न पनि सबै पार्टीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्याएका छन् ।

‘हामी सबैले एक भएर यी भएका सहमति, समझदारी ठीक ढंगले कार्यान्वयन हुन । हुन बाँकी सहमति पनि बनाउनु पर्यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौं । त्यसकारण यसमा अनावश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन,’ उनले भने।

बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजिवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उनको स्पष्टीकरण थियो । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस्