काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण उपलब्धी मुलक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा भारत भ्रमणले विश्वासको नयाँ बातावरण बनेको बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जानकारी गराएका छन् । नेपाल भारतबीच भएको सात बुँदे सम्झौताको विषयमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराए । उनले जलविद्युत, रेल सञ्चालन, कृषि, सीमापार विद्युतीय भुक्तानीलगायत विषयमा सम्झौता भएको जानकारी दिए ।







