काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पटकको भारत भ्रमण विशिष्ट हुने विश्वास व्यक्त गरेका छन् ।
आइतबार प्राध्यापक संगठनको कार्यक्रममा उनले जनताको हितमा विशिष्ट भ्रमण होस् भन्ने गरी लगातार मेहनत गरिएको सुनाएका हुन् ।
उनले २०१९ देखि रोकिएर बसेको ट्रेड एण्ड ट्रान्जिट खुल्ने सम्भावना रहेको बताए ।
“व्यापार पारबहनसम्बन्धी २०१९ देखि रोकिएर बसेको छ । त्यो अहिले खुल्ने सम्भावना छ । नेपाल र नेपाली जनताको लागि अर्थपूर्ण र महत्वपूर्ण हुन्छ,” प्रधामन्त्रीले भने ।







