Logo

भारत भ्रमण सकेर राष्ट्रपति पुटिन स्वदेश फिर्ता



काठमाडौं, २० मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन २७ घण्टे भारत भ्रमण पूरा गरी शुक्रबार अबेर राति स्वदेश फर्किएका छन्। मन्त्रीहरूको उच्चस्तरीय टोलीसहित बिहीबार साँझ दिल्ली पुगेका पुटिन शुक्रबार राति करिब १० बजे रुस प्रस्थान गरेका हुन्।

भारत बसाइका क्रममा पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका साथै व्यापारिक मञ्चलाई पनि सम्बोधन गरेका थिए। यसअघि एसयू–५७ लडाकु विमान र एस–४०० रक्षा प्रणालीसम्बन्धी प्रमुख सम्झौताहरू हुने चर्चा भए पनि ती औपचारिक रूपमा घोषित भएनन्।

तर भारतीय सञ्चारमाध्यमका अनुसार दुई देशबीच तेल आपूर्तिसहित १९ विभिन्न सम्झौतामा सहमति बनेको उल्लेख गरिएको छ।

रुस फर्किनुअघि राष्ट्रपति पुटिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मुद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्