Logo

भारत र पाकिस्तानमा रहेका नेपालीको आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं, २६ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको आजको बैठकमा सभामुख घिमिरेले भारत–पाकिस्तानबिच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरूको सुरक्षालगायत पर्नसक्ने संभावित समस्याहरूप्रति आवश्यक व्यवस्था गर्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

यसअघि सभाको बैठकमा सांसदहरूले भारत पाकिस्तानबिच शुरु भएको तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्