वेस्ट इन्डिज, १९ साउन । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई अन्तिम ओभरमा १० रन चाहिएकोमा ५ रनमात्र बनाउन सक्यो । भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले २-२ विकेट लिएका थिए ।
यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्ट इन्डिजका रोभमन पावलले ४८ र निकोलस पुरनले ४१ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र युजवेन्द्र चाहलले २-२ विकेट लिएका थिए ।
यो जितसँगै पाँच खेलको टी-२० शृङ्खलामा वेस्ट इन्डिजले १-० को अग्रता लिएको छ ।