Logo

भाेजपुरमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बम विस्फाेट



सांकेतिक तस्बिर

भोजपुर, ३० कार्तिक । भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ ।

पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बुधवार बम विस्फाेट भएकाे हाे ।

विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका-४ का सुमन श्रेष्ठ घाइते भएका प्रहरीले जनाएकाे छ । उनकाे खुट्टामा चाेट लागेकाे र बम उनले नै बाेकेकाे शङ्का गरिएको छ ।

घाइते श्रेष्ठकाे स्थानीय किल्निकमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्