ओमान, १ मङ्सिर । भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ ।
अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
दूतावासमा eonmuscat@gmail.com वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गरेर आफ्नो विवरण टिपाउन सकिन्छ ।