काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये कुनै एक जनाको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको प्रस्ताव गरेको छ ।
प्रतिनिधिसधाको बुधबारको बैठकको सुरुवातपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपा सांसद दिपकबहादुर सिंहले श्रेष्ठ वा कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठनको प्रस्ताव गर्नुभएको हो।
‘यो संसद्का सबै सम्पूर्ण माननीयज्यूसँग म अनुरोध गर्न चाहन्छु– कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरौँ,’ उहाले भन्नुभयो, ‘यदि बद्मासी कसैले गरेको छ भने सजाय उसले पाउनुपर्छ । जसले बदमासी गरेको छैन, जस्तो सुकै आयोग गर्दाखेरि पनि के फरक पर्ने छ ?’
सांसद सिंहले न्यायिक आयोग नबन्दासम्म राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने पनि बताउनुभयो । ‘त्यही कारणले यदि यो बन्न सक्दैन भने निरन्तर राप्रपाले बिना भत्ता हामी बहिष्कार गर्नेछौँ ।’ उहाले भन्नुभयो ।