Logo

भिडियो-तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौँ, २७ जेठ । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो-तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोजकुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्