काठमाडौँ, १२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ ।
उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिए ।






