Logo

भिमाद जिप दुर्घटना अपडेट: मृतकको सङ्ख्या दुई पुग्यो, दश घाइते



दमौली, २५ पुस । तनहुँको भिमाद नगरपालिका-५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ भने दश जना घाइते भएका छन् ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।

सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्