
हेटौँडा, २१ असोज । मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्युभएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै खेतबाट घर फर्किनेक्रममा गोरेटो बाटोको छेउबाट करिब पाँच मिटर तल भिरमा खसेर उहाँको मृत्युभएको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट करिब ३२ किमि पश्चिम–दक्षिण पर्ने घटनास्थलबाट शव मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
यस्तै, हेटौँडा उपमहानगरपालिका –१६ हटियास्थित शिवम सिमेन्ट उद्योगमा क्रसरको बेसप्लेट वल्डिङ गर्नेक्रममा करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिका –८ फापरबारीका लालबहादुर राउत घाइते हुनुभएको छ ।
३५ वर्षीय घाइते राउतको उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।







