Logo

भीम रावलको प्रश्न: सूर्य बिक्री हुने व्यवसायिक चिह्न हो?



काठमाडौँ, १ बैशाख । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीको चुनावी तालमेलबारे असन्तुष्टि जनाएका छन् ।

रावलले बिहीबार ट्विटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र? भन्दै प्रश्न गरेका छन् ।

“विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उमेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे !,” उनले लेखेका छन्,“ के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !”

बुधबार एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग निर्वाचनमा तालमेल गर्ने सहमति गरेको थियो ।

https://twitter.com/BhimRawal179/status/1514515350787805184?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1514515350787805184%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F149956%2F

प्रतिक्रिया दिनुहोस्