Logo

भीम रावलले भने: उचित समयमा बोल्छु



काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीले आफूलाई उम्मेदवार नबनाएको विषयमा ‘उचित समयमा बोल्ने’ बताएका छन् । आसन्न निर्वाचनका लागि एमालेबाट टिकट नदिइएपछि उनी उम्मेदवार बनेका छैनन् ।

सोमबार राति ट्विट गर्दै उनले आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरिएको उल्लेख गरेका छन् । तर, केन्द्रबाट अन्याय गरिएको उनको भनाइ छ ।

त्यस विषयमा आफूले हालसम्म कुनै प्रतिक्रिया नदिएको उनले बताएका छन् ।

“मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उमेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन,” उनले लेखेका छन्, “मलाई उमेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु ।”

प्रतिक्रिया दिनुहोस्