Logo

भीम रावल एमालेबाट निष्काशित, पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बन



काठमाडौं, १० पुस ।  नेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।

आज बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई कारबाही गरेको हो ।

पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्काशित गरिएको छ । यस्तै, नेतृद्वय पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको हो।

पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीले तीनजनालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै कारबाही गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्