Logo

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको ज्यान गयो



ताप्लेजुङ, २ वैशाख । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्