डोटी, १३ वैशाख । डोटीको जोरायल गाउँपालिका-१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका-१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छन् ।
बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन गएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उनी घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक महिला गर्भवती रहेको बताइएकाे छ ।







