काठमाडौं, ३ श्रावण । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानसँगको आफ्नो दोस्रो खेलमा पनि प्रभावसालि जित हासिल गरेको छ।
यसअघि पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपालले आफ्नो दोस्रो खेमला ८-० को एकपछिय जित निकाल्यो। दोस्रो खेलमा नेपालका लागि पूर्णिमा राई र मीना देउवाको ह्या ट्रिक पुरा गरेका थिए।
पूर्णिमा र मीना बाहेक कुसुम खतिवाडाले १ गोल गरिन् भने एक गोल आत्मघाती गोलका रुपमा रहेको थियो। पहिलो हाफमै ६–० को प्रभावसाली अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्याे ।
खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिर्दा नेपालले अग्रता दोब्बर बनायो।
१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दा २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले नेपाललाई ४–० को अवस्थामा पुर्याइन्। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेड गर्दै नेपाललाई ५ गोलको अवस्थामा पुर्याउँदा इन्जुरी समयको अन्तिम मिनेटमा पूर्णिमाले ह्याडट्रिक गर्दै टिमलाइ ६–० को अवस्थामा पुर्याएकी थिइन।
६३औं मिनेटमा कुसुम खतिवडाले नेपालका लागि गोल गर्दा लगतै अर्को मिनेटमा मीनाले ह्याअट्रिक पूरा गरिन्। यो सँगै नेपाले खेलमा ८–० को स्पष्ट र फराकिलो जित निकाल्दै तत्काललाई शीर्ष स्थानमा उक्लिन सफल भयो।
डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो। नेपालले अब प्रतियोगिताको अन्तिम तथा निर्णायक खेलमा बंगलादेश सँग सोमबार खेल्ने छ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा गत शुक्रबार नेपालले भुटानलाई ६–१ ले हराउँदा दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७–० गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा उपाधि आशा कायम राखेको थियो।
प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ भने बंगलादेशको ४ खेलमा १२ अंक छ । बंगलादेशले आजै बेलुका श्रीलंकासँग खेल्दै छ। चार टोली सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोबिनका आधारमा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ।