काठमाडौँ, ३१ भदौ । भुटानलाई आठ-शून्य गोलको फराकिलो अन्तरले हराउँदै बङ्गलादेश महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र तोहुरा खातुनले एक-एक गोल गरेका थिए ।
योसँगै बङ्गलादेश दोस्रो पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
यसैबीच आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे सुरु हुनेछ ।