Logo

भुटानसँग बराबरीमा रोकियो नेपाल



काठमाडौं, २ कार्तिक । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

दोस्रो हाफको इन्जुरी समयमा नेपालकी सविता रानामगरको प्रहार साइड बारमा लागेर फर्किएको थियो । त्यसअघि दोस्रो हाफको अन्त्यतिर अमिशा कार्की र सविताले गतिलो मौका खेर फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्