Logo

बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघको दबाब



काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ ।

पार्टी पदाधिकारीले पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो ।

आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो ।

नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्