Logo

भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन फेरबदल हुँदैन: डा.महत



काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन फेरबदल नहुने बताएको छ ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका हुन् ।

नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन । म त्यस्तो देख्दिनँ ।’

उनले सभापति शेरबहादुर देउवाले यो प्रकरणलाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्