Logo

भुटानी शरणार्थी प्रकरण: आज टोपबहादुरको तर्फबाट बहस हुने



काठमाडौँ, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ ।

आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बहस सुरु भएको हो ।

अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ । अभियुक्तहरु केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ र ईन्द्रजीत राईको बहस सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्