Logo

भुमिहिनलाई डोजर लगाएर लखेट्ने एमालेलाई दमकका भुमिहिनले भोट नदिने



दमक, २४ वैशाख । दमकका भुमिहिनहरुले अघिल्लो पटक एमालेलाई भोट दिएर जिताए पनि उल्टै आफुहरुलाई उठिबास गराउन लागेकोले यस पटक गठबन्धनलाई जिताउने बताएका छन् ।

दमक वडा नम्बर ९ स्थित जितपुर टोलमा रहेका भुमिहिनहरुले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेद्वार राम थापा र उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाईंलाई बोलाएर आफना गुनासा राखेका हुन ।

कांग्रेस, राप्रपा, माओवादी केन्द्र र जनता समाजवादी पार्टिको संयुक्त गठबन्धनका नगर प्रमुखका प्रत्यासी थापा, उपप्रमुखकी प्रत्यासी रेगिना सहित वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेद्वार नरेन्द्र घोर्षाईंसंगै पुगेका माओवादी केन्द्रका नेता गगन पुरी सहितलाई जितपुर टोलका भुमिहिनले यस अघिका निर्वाचनमा एमालेलाई मत दिएकोमा अहिले आफुहरुलाई पछुतो लागेको बताएका थिए । एमाले नेतृत्वको स्थानिय सरकारले दमक-७ बजार लाईनका भुमिहिनलाई सुतेकै बेला आएर डोजर लगाएर लखेटेको घटना स्मरण गर्दै यस पटक आफुहरु गल्ति नदोहो¥याउने बताएका थिए ।

उक्त अवसरमा नगर प्रमुखका प्रत्यासि थापा र उपप्रमुखका प्रत्यासी रेगिनाले आफुहरु निर्वाचित भएर गएको ६ महिना भित्रमा भुमिहिनलाई जग्गाको स्वामित्व उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्