Logo

भुसालको बिद्रोह असफल, एमालेका छविलाल विश्वकर्मा निर्वाचित



काठमाडौँ, १० मङ्सिर । नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्मा सचिव विश्वकर्मा रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । उनले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गरेका हुन् । भुसालले एमालेमा टिकट नपाए पछि पार्टी परित्याग गरी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार भएका थिए । भुसालले त्रिभुज चिन्ह पाएका थिए ।

विश्वकर्माले पटक २४ हजार आठ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार तीन सय आठ मत प्राप्त गरे । विश्वकर्मा विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिएका हुन् । स्व. चन्द्रबहादुर विश्वकर्मा र गंगाजमुना विश्वकर्माको कोखबाट जन्मिएका विश्वकर्माले २०३७ सालमा नेकपा (माले)बाट आफना् राजनीतिक यात्रा आरम्भ गरेका थिए । उनी विसं २०३७ मा अनेरास्ववियु पाँचौँ उपसभापति (बुटवल बहुमुखी क्याम्पस), २०५१ सालमा नेकपा (एमाले) को राष्ट्रिय परिषद् सदस्य र २०५८ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । त्यसैगरी सचिव विश्वकर्मा २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी तथा पोलिटब्यूरो सदस्य हुँदै २०७५ सालमा स्थायी कमिटी सदस्य बनेका थिए ।

विसं २०६४ साल कृषि तथा सहकारीमन्त्री बनेका विश्वकर्मा २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बनेका थिए ।

आफूलाई सामाजिक न्याय र समानताको पाक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । गीत, लेख, रचनामा विशेष रुचि राख्ने विश्वकर्मा २०६४ सालमा समानुपातिक तर्फबाट एमालेको तर्फबाट संविधानसभा सदस्य चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्