Logo

भुसाललाई गरिएको कारवाही सिफारिसमा सचिव भट्टराईको असहमति



काठमाडौँ, २२ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले कारवाहीका लागि गरेको सिफारिसमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने लेखेका छन् ।

उनले लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारवाही सिफारिस गरेको थियो ।

सचिव भट्टराईले नरम भाषामा आयोगको कारबाही सिफारिसमा आपत्ति प्रकट गरेका हुन् । भुसालको कारबाहीको विषय एमालेभित्र पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष ओलीले भुसाललाई कारबाही गर्छन वा त्यसै छाड्छन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्