Logo

भुसालले पाए त्रिभुज चुनाव चिन्ह



काठमाडौँ, २६ असोज । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । पार्टी कमिटीबाट सिफारिस भएपनि गठबन्धनको समर्थनमा उम्मेदवार बनेका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिन्ह दिएको हो ।

एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार बन्न रोकेपछि एमाले परित्याग गर्दै रुपन्देही १ बाट प्रतिनिधिसभाका लागि भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्