Logo

भुसाल भन्छन्: केपी ओलीसँग नैतिकता छैन्



रूपन्देही, १३ कात्तिक । नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो ।

आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरूद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरेका थिए ।

सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथिनै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्