काठमाडौं, २३ पुस । आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुलेको छ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ७ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ।
भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्।






