काठमाडौँ, १८ कात्तिक । जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
रुकुम पश्चिममा मृत्यु भएका मध्ये ३६ जना र घाईते ८ जना भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।









