
काठमाडौँ, २५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् ।
भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुगेका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पु¥याउने बताएका हुन् । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन् ।
यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन् ।







