Logo

भूकम्प प्रभावितलाई राहत पठाउन सरकारले उपेक्षा गरेको छैन: गृहमन्त्री



काठमाडौँ, २६ कार्तिक । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् ।

आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितका लागि सरकारले त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नसहितका सामग्री पठाएको र पठाउने क्रम जारी रहेको बताएका हुन् ।

उनले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए । उनले आवश्यकता अनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको जानकारी दिए ।

‘हामीले एक क्षण, एक सेकेन्ड ढिलो नगरी पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरट्ठ पठाइराखेका छौँ । राहतमा हाम्रो ध्यान गएको छ । हामीले हाम्रो साधन, स्रोतले सामानहरूको हकमा हामीले व्यवस्था गरेका छौँ । तर पुर्‍याउने साधन त चाहियो । स्काई भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ । सबै ठाउँमा जाँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्