Logo

भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारण हुन्छ: श्रेष्ठ



चितवन, ५ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको सही व्यवस्थापन गर्नसके गरिबी निवारणमा सहज हुने बताएकी छन् ।

आज चितवनमा जग्गा धनी पुर्जा वितरण समारोहमा उनले भूमिको उचित व्यवस्थापनले गरिबी निवारणसँगै रोजगारी सृजना गर्न सकिने बताएकी हुन् ।

अहिले सरकार भूमिको समुचित व्यवस्थापन गरेर आर्थिक समृद्धितर्फ लैजान लागि परेको उनको भनाइ थियो । उनले भन्नि, “भूमिको समुचित व्यवस्थापन गरेर स्वाधिन अर्थतन्त्र निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार लागी परेको छ ।” भूमी भएर पनि भूमिहीन भएकालाई राज्यले व्यवस्था गर्नुपर्ने संविधान प्रदत्त अधिकार जनतालाई दिइएको उनले बताइन् ।

सुकुम्बासी समस्या समाधान गर्न सरकार लागिरहेको उनको भनाइ थियो । मन्त्रालयले अहिले २०४९ सालअघिको किसानको ऋण मोचन गर्न लागि रहेको उनले जानकारी दिइन् । सरकारले आगामी दुई वर्षमा भूमिसम्बन्धी समस्या समाधान गर्ने गरी काम गरिरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्