
काठमाडौँ, २९ असार । काठमाडौँको भृकुटीमण्डपमा लागेको आगो अझै निभाउन सकिएको छैन ।
काठमाडौँ, भक्तपुर र ललितपुर, नेपाल प्रहरी लगायतका दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भए पनि अझै निभाउन नसकिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा दिउँसो तीन बजेदेखि आगो लागिरहेको छ । आगो के कारणले लागेको हो भन्ने अझै खुलेको छैन ।







