भेनेजुएला, २५ असोज । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।
सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।
भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तीन हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ ।