काठमाडौँ, १३ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरोले भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा संलग्न भएको आरोपमा राहुल महरा पक्राउ परेका छन् ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।
सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको पटक पटक सम्पर्क देखिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनमा महरा र उनका छोरा राहुल संलग्न भएको उल्लेख गरिएको छ ।







