Logo

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष



भोजपुर, ५ फागुन ।  रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

भोजपुरमा रुदाक्षबाट १५ देखि २० करोड रुपैयाँको हारहारीमा रकम भित्रिने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिनुभयो ।

बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताउनुभयो । २१ मुखे मुखद्वार एउटा दाना २० लाखदेखि ६० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

मुखद्वारबाहेकका दानाको भने मूल्य कम रहेको उहाँको भनाइ छ । आठदेखि २९ मुखसम्म भएको दानालाई मुखद्वार भनिन्छ । बजारमा सबैभन्दा बढी २१ मुखे दानाको माग रहेको छ ।

सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे द्वार दाना आकारका आधारमा एक हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै १३ मुखेकाे पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारका आधारमा १० हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजारदेखि एक लाखसम्म, १७ मुखे ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे एक लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म पर्दछ ।

प्रतिक्रिया दिनुहोस्