Logo

‘भोजपुर छोडेर अन्यत्र उम्मेदवार बन्ने मेरो चाहना र सोच छैन’



विराटनगर, १२ भदौ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चुनावमा आफू गृहजिल्ला भोजपुरबाट उम्मेदवार बन्ने जनाएका छन् ।

मंसिर ४ गते हुन लागेको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट सांसद पदमा उम्मेदवारका लागि गृहजिल्ला भोजपुरको अलवा सुनसरी क्षेत्र-१ बाटसमेत सिफारिस भएकोबारे उनले आफ्नो धारणा राखेका हुन् ।‌

दुबै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको मुल्यांकन र चाहनाको आधारमा भएको उनले बताएका । यसमा आफ्नो कुनै हात नरहेको भन्दै उनले आफू भोजपुरबाटै उम्मेदवार बन्ने स्पष्ट पारेका छन् ।

सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकाले भोजपुरप्रति अगाध माया रहेको जनाएका छन् । “भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छोडेर अन्यत्र उमेदवार बन्ने मेरो चाहना र सोच छैन,” उनले भनेका छन्, “भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद्, मन्त्री केही नभई भुइँमा बसेर पनि भोजपुरे जनताको सेवा गर्न चाहन्छु ।”

सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्