Logo

भोट पाउनका लागि मतदाताको हत्या गरियो: ओली



काठमाडौँ, १२ जेष्ठ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले रुकुममा मतदाताको हत्या भएको बताए । यसबाहेक मतदातालाई छेक्ने, थुन्ने, भयभीत बनाउने काम भएको उनको आरोप छ ।

उनले सार्ने प्रयासका बाबजुद एमालेको तीव्र दबाबले निर्वाचन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्