मेचीनगर, १६ वैशाख । मेचीनगर नगरपालिका वडा नं.५ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं.५ का वडाध्यक्षका उम्मेदवार योगेन्द्र थापा मगर, वडा सदस्यका उम्मेदवारहरु सुवास सुब्बा र उमेश उप्रेती, महिला वडा सदस्यका उम्मेदवार दुर्गा देवकाेटा आचार्य र दलित महिला सदस्यका उम्मेदवार चन्द्रकला विश्वकर्माले शुक्रबारबाट चुनावी अभियान प्रारम्भ गरेका हुन् ।
उनीहरुको चुनावी अभियान घैलाडुब्बा शिवालय मन्दिरबाट सुरु भएर कमलडाँडा, जागरण टोल हुँदै घोडाजिनमा पुगेर समापन भएको नेपाली कांग्रेस वडा नं.५ का सभापति नारायण खड्काले जानकारी दिए ।
उक्त अभियानमा नेकपा माओवादी केन्द्र वडा नं.५ का इञ्चार्ज हरि कटेल, जनता समाजवादी पार्टीका अध्यक्ष प्रकाश लावती, नेपाली कांग्रेस वडा नं.५ का सभापति खड्का, सत्ता गठबन्धनका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।