Logo

भोलिदेखि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने



काठमाडौँ, १६ कात्तिक । राजनीतिक दल र उम्मेदवारले बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।

आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरेका छन् ।

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए ।

अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।

यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्