काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ ।
गठबन्धन बैठकमा भएको सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने भएका छन् । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ । बिहिवार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।







