बेलायत, १८ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
एलेन एस्पेक्ट फ्रान्सका भौतिक वैज्ञानिक हुन् । यस्तै जोन एफ क्लाउजर अमेरिका र एन्टोन जेलिङ्गर अस्ट्रिकाका वैज्ञानिक हुन् । यी वैज्ञानिकको प्रयोगले क्वान्टम सूचनाको आधारमा नयाँ प्रविधिको बाटो देखाएको थियो ।