काठमाडौँ, २९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बिहान स्वदेश फर्किँदै छन् ।
स्वीटजरल्याण्ड, बेलायत, क्रोयसियासहित चार देशको भ्रमणमा रहेका नेपाल कार्यक्रम छोट्यार आज स्वदेश फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको हो ।
स्विजरल्याण्डको घुमघाम सकेर उनी स्पेन पुगेका थिए । प्रवासमा बस्ने नेकपा समाजवादी समर्थकहरुको संगठन प्रवासी नेपाली एकता मञ्च, युरोपको निम्तोमा त्यहाँ पुगेका नेपाल भदौ १ गते फर्कने कार्यक्रम थियो । पूर्व निर्धारित क्रोएसिया र लण्डनको कार्यक्रम रद्ध गरिएको छ।
गृह प्रशासन र ललिता निवास प्रकरणको छानविन गरिरहेको सुरक्षा निकायले भर्चुअल माध्यमबाटै भए पनि सोधपूछको तयारी गरेको खबर बहिरिएपछि नेता नेपाललाई थप दबाब परेको थियो ।







