Logo

‘भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु’



काठमाडौँ, ३० असार । कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन् ।

शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् ।

‘सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचारका फाइल खोल्दै जाने जो-जो पर्छन् पर्दै जान्छन् । कानुनले यो वा त्यो भन्दैन । कानुनले कुनै धर्म, लिङ्ग, वर्ण, जात र कुनै पार्टी पनि चिन्दैन । सरकार भ्रष्टाचारविरोधी मिसनमा अगाडि बढेको छ । सरकारले भ्रष्टाचारविरोधी फाइल खोल्दै गर्दा सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्