Logo

भ्रष्टाचारविरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने: सभामुख



काठमाडौँ, ४ वैशाख । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने चेतावनी दिएका छन् ।

भ्रष्टाचार मुलुकको सबैभन्दा गम्भीर समस्या भएको भन्दै सभामुख सापकोटाले ‘त्यसका विरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने’ बताएका हुन् । उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिस्टहरूको अभियानलाई सातै प्रदेशमा लगेर प्रदर्शन गर्ने कार्यमा आफ्नो साथ रहने पनि बताए ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि ‘क्षेप्यास्त्र हुने गरी’ कार्टुनहरू बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्