Logo

भ्रष्टाचारीलाई जोगाउन रातारात सरकार ढालेः अध्यक्ष दाहाल

लोकबन्धु कन्दङवा माओवादी केन्द्रमा प्रवेश 



झापा, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताउनुभएको हो ।

उहाँले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाउनु भयो ।

उहाँले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताउनु भयो ।

अध्यक्ष दाहालले गिरिवन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाउनु भयो ।

लोकबन्धु कन्दङवा माओवादी केन्द्रमा प्रवेश 

पुराना कम्युनिष्ट नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गनुभएको छ । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ । उहा नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील हुनुन्थ्यो ।

कन्दङवाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव कोही प्रदेश इन्चार्ज हरिबोल गजुरेलले उहा हरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्